२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

लुम्बिनी फुटसल लिगमा छनौट



बुटवल । रुपन्देहीमा सम्पन्न ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेलमा लुम्बिनी फुटसल लिगमा छनौट भएको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा सनराईज स्पोर्ट्स भलबारीमा शनिबार भएको फाईनल खेलमा झरना स्पोर्ट्स क्लबलाई ७–१ गोल अन्तरले पराजित गर्दै लुम्बिनी प्रतियोगितामा विजेता बनेको हो । लुम्बिनीका रफि महर्जनले गोल गर्दै अग्रता लिएका थिए । लुम्बिनीको जितमा गेली शेर्पाले –२, रुपेन बराईलीले–२, रोजल दाहाल र झरनाका जितेश गुरुङले आत्मघाती गोल गरेका थिए ।

झरनाका मोहन बहादुर थापामगरले २ गोल गरेका थिए । खेलमा रफि महर्जन म्यान अफ दी म्याच घोषित भएका थिए । चैत १९ गतेबाट शुरु भएको छनौट खेलमा तिन वटा प्रदेशका ८ टिममध्येबाट लुम्बिनी फुटसल ए डिभिजनमा पर्न सफल भएको संयोजक बिनोद गुरुङले बताए । योसंगै लुम्बिनीले लिग तयारीको लागि नगद १ लाख रुपैया क्लब ब्यवस्थापन र यातायात खर्च पाउने उनले बताए ।

रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देही बिच छनौट खेल भएको थियो । लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोलि चयन हुनेछ । काठमाण्डौमा हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ४ : ०९ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री