१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी



काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज देशभर मतदान भैरहेको छ ।

बिहान ९ बजेबाट देशभरका विभिन्न मतदान केन्द्रमा मतदान भएको हो । काठमाडौं उपत्यकामा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल रहेको छ ।

काठमाडौंका सदस्यहरुले कमलादीस्थित प्रज्ञा भवन कमलादीको केन्द्रबाट मतदान गरिरहेका छन् भने ललितपुरमा महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी प्यालेसमा मतदान भैरहेको छ ।

पत्रकार महासंघको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत नेतृत्व चयन हुन लागेको हो । जसअन्तर्गत केन्द्र, प्रदेश र शाखा एवं प्रतिष्ठानहरुको एकैपटक मतदान सुरु भएको हो । अपरान्ह ४ बजेसम्म मतदानको समयमा देशभरबाट देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले मतदान गर्नेछन् ।

प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएका कारण देशभरका साधारण सदस्यहरुले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई आ–आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् । प्रत्यक्ष निर्वाचन प्रणालीका लागि व्यवसायिक पत्रकारहरुले धेरै पहिलेदेखि आवाज उठाउँदै आएका थिए ।

केन्द्रमा अध्यक्षसहित कार्यसमितिका लागि विभिन्न राजनीतिक दलहरुसम्बद्ध पत्रकारहरुले आ–आफ्नो गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्ष पदमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् भने स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीसहितका पत्रकारहरु पनि मैदानमा उत्रिएका छन् ।

पोखरेल कांग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र माधव नेपाल पक्षीय प्रेस चौतारीका साझा उम्मेदवार हुन् । यसैगरी शर्मा ओली पक्षीय प्रेस चौतारीका उम्मेदवार हुन् । पोखरेललाई ११ वटा विभिन्न संगठनहरुले समर्थन गरेका छन् ।

अहिले चयन हुने कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : ३५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको