१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सांसदबाट हटाउने माओवादी केन्द्रको निर्णयबाट प्रभु साह भए आगो, कारवाही प्रतिगामी भएको आरोप



काठमाडौं । सांसद पद गुम्नेगरी माओवादी केन्द्रले आफुमाथि गरेको कारवाही प्रतिगामी भएको शहरी विकासमन्त्री प्रभु साहले आरोप लगाएका छन् ।

मन्त्री साहले सामाजिक सञ्जालमार्फत टिप्पणी लेख्दै आफूलाई सांसद पदबाट हटाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णय निरंकुश कदम भएको आरोप लगाएका हुन्। मन्त्री साहले प्रचण्डको निर्णय लोकतन्त्रको उपहास र निरंकुशताको पराकाष्ठा भएको जिकिर गरेका छन् ।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरु नांगो भएको टिप्पणी गरेका छन् ।

साहले लेखेका छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसद्लाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद् पुनस्स्थापना पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् । अर्थात् रूपमा अहिलेकै संसद् सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिकरकानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैमा प्रतिगामी कार्य हो ।’

नेकपा माओवादी केन्द्रले पार्टी र संसदीय दलको निर्देशन अवज्ञा गर्ने साहसहित प्रतिनिधिसभाका चार सांसद विरुद्ध संसद सचिवालयमा दल त्यागको सूचना दिएको थियो ।

माओवादी केन्द्रको निर्णयअनुसार संसद सचिवालयमा दर्ता भएको दल त्यागको सूचना सभामुखले प्रतिनिधिसभा बैठकमा पेश गरेलगत्तै उनीहरुको सांसद पद गुम्नेछ । यद्यपी, सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने नियम भएका कारण केपी ओली नेतृत्वको सरकारले निरन्तरता पाए थप ६ महिनासम्म उनीहरुको मन्त्री पदभने जोगिनेछ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ११ : ०१ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका