६ बैशाख २०८३, आइतबार | April 19, 2026

ललितपुर मेयर्स कप क्रिकेटको उपाधी एपीएफलाई



काठमाडौं । विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । विजयी एपीएफले सम्पन्न प्रतियोगिता अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै पाधि उचाल्न सफल भएको हो ।

सुदूरपश्चिम प्रदेशले पस््रतुत गरेको १ सय ७ रनको लक्ष्य एपिएफले २२ बल बाँकी छँदै भेटाउन सफल भएको थियो । खेलमा ओपनर ज्योति पाण्डेले ३६ रनको योगदान गर्दा कप्तान सीता राना मगरले २७ रनको पारी खेलिन । इन्जु बर्मा र ममता चौधरीले क्रमश अविजित १९ र १५ रन जोड्दै टोलीलाई जित तर्फ डो¥याएका थिए । ओपनरद्वय ज्योति र सीताराना मगर दुबै रन आउट भएका थिए ।

यस अघि पुरै २० ओभर खेल्दै सुदूर पश्चिमले ७ विकेट गुमाएर १ सय ६ रन जोेडेको थियो । सर्वाधिक ४४ रन जोडेकी विन्दु रावल अविजित रहँदा डोली भट्टले १४ तथा रेवती धामीले १० र कविता कुँवरले १३ रन जोडेका थिए । यस्तै अन्य खेलाडीले भने एपिएफको कसिलो बलिङ सामु राम्रो स्कोर सकेनन् । एपिएफका लागि विनु बुढा, सीता राना मगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले समान एक÷एक विकेट आफ्नो लेखाए ।

सहज जित निकालेको विजेता एपीएफले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । पाँच टोलीले सहभागिता जानाएको प्रतियोगितामा उत्कृष्ट ब्याट्स वुमन प्रदेश १ की रुविना क्षेत्री चुनिँदा उत्कृष्ट बलर विनु बुढामगर घोषित भइन । यस्तै विजयी टोलीकी कप्तान सीता राना मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनिन् । उत्कृष्ट ब्याट्स वुमन र बलरले जनही १५ हजार रुपैयाँ पाउँदा सर्वोत्कृष्ट सीताले नगद २५ हजार रुपैयाँ पारिन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ६ : २८ बजे

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग

कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड