१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु



बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ भटेराकी एक वृद्ध महिलाको हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । मृत्यु हुनेमा ६० बर्षीया भुण्टी बोहोरा रहेकी छन् ।

घर छेउमा रहेको सालझुण्डी मध्यवर्ती सामुदायिक वनको छेउमा रहेको शेरबहादुर थारुको खेतमाबाख्रा चराउँदै गर्दा बोहोरालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले समातेर दुई सय मिटर जंगलभित्र लगेर मारेको प्रहरीले जनाएको छ ।

हात्तीले आक्रमण गरेको थाहा पाएपछि स्थानीबासीले होहल्ला गरेपछि हात्ती मृतक बोहोरालाई छोडेर भागेको थियो । बोहोराको शवलाई पोष्टमार्टमका लागि राजापुर लैजाने तयारी भैरहेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

यसअघि बर्दियामा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने गरेपनि लामो समयदेखि हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएको थिएन ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : ४० बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै