२३ बैशाख २०८३, बुधबार | May 7, 2026

तीन जिल्ला जोड्ने तीनमुखे पुल



काठमाडौं । सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ ।

भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशेष पुल निर्माण गर्न थालेको हो ।

त्यसलाई सरकारले विशिष्टीकृत पुलको नामकरण गरेको छ । त्यस्ता पुल पर्यटकीय पूर्वाधारका लागि समेत उपयोगी हुनेछन् ।

स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशिष्टीकृत पुल निर्माण गर्न लागेको बताए ।

उनका अनुसार स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ । यस आर्थिक वर्षभित्रै उक्त पुल निर्माण गरिसक्ने गरी स्थानीय पूर्वाधार विभागले काम धमाधम अगाडि बढाइरहेको छ ।

चितवनको माडीमा रहेकोे त्रिवेणीधाम वाल्मीकि आश्रममा नेपालकै भूभाग हुँदै जान सकिने गरी झोलुङ्गे पुल निर्माण भइरहेको छ । ४८२ मिटर लामो झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ । सो क्षेत्रमा झोलुङ्गे पुलको अभावमा वाल्मीकि आश्रममा जान भारतको बाटो हुँदै जानुपर्ने अवस्था थियो ।

“नेपालको धाममा नेपालकै बाटो हुँदै जान सकिने गरी सरकारले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो”, विभागका महानिर्देशक मरहठ्ठाले भने, “सरकारले अहिले निर्माण गर्न लागेका पुल आवागमनमा सहज गर्नुका साथै धार्मिक र पर्यटकीय दृष्टिले समेत महत्व राख्ने गरी निर्माण गरिरहेको छ ।” अहिले उक्त पुलको मेसिनरी र संरचनाको काम सकिएर टावर जोड्ने काम भइरहेको छ । यस आर्थिक वर्षभित्रमै पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको विभागले जनाएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ५२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा