१० माघ २०८२, शनिबार | January 25, 2026

प्रदेश २ प्रदेशसभाका ४ माओवादी सांसद पदमुक्त, अव प्रदेशसभामा माओवादीका ७ सांसदमात्र



जनकपुर । नेकपा माओवादी केन्द्रले सर्वोच्चको आदेश पछि माओवादी केन्द्र ब्युंतिएपछि पनि एमालेमा लागेका प्रदेश २ का चार जना सांसदलाई दल त्यागको माध्यमबाट पद मुक्त गरेको छ ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँतिएपछि पनि पार्टीमा नफर्किएका चार जना सांसदलाई माओवादी केन्द्रले सांसद पदबाट पद मुक्त गराएको हो ।

एमालेतिर लागेका प्रदेशसभा सदस्यहरू रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई सांसद पदबाट हटाइएको माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले जानकारी दिएका छन् ।

पार्टीको केन्द्रिय समितिले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरूलाई बर्खास्त गर्ने निर्णय भएको साहले बताए । माओवादी केन्द्रले शुक्रबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

माओवादी केन्द्रले सांसदहरूलाई बर्खास्त गरेको पत्र माओवादीले आजै प्रदेशसभा सचिवालयमा समेत बुझाएको छ । ११ जना सांसद सहित प्रदेश २ मा उपस्थिती जनाएको माओवादीका ४ सांसद पदमुक्त भएपछि माओवादी संसदीयदलमा अब सात सांसदमात्रै रहनेछन् ।

बर्खास्तमा परेका मण्डल माओवादी संसदीय दलका नेता थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका केन्द्रीय नेताहरूले बारम्बार उनलाई पार्टीमा फर्किन आग्रह गरेपनि उनले अस्वीकार गर्दै आएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १२ : ३५ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा