५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू



काठमाडौँ ।दोस्रो चरणमा फैलिरहेको कोभिड-१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउने जनचेतनामूलक अभियान शुरु गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।

पुरानो बसपार्कबाट आजबाट शुरु भएको अभियानमा “ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” भन्ने मूल नाराका साथ अभियान थालनी गरिएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड-१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान शुरूवात गरिएको बताए । उनले कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्ने बताए ।

कार्यक्रममा उपस्थित यातायात व्यवसायीहरू, मजदुर संघरयुनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूद्धारा सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिँकर टाँस गर्नुका साथै पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा आ(आफ्नो विचार राखेका थिए । आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न व्यवसायीहरु तत्पर रहेको उनीहरुको भनाई थियो ।

सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दुरी कायम गरी सवारी साधनको प्रयोग गर्न महाशाखाले विशेष अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १ : ०० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं