२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू



काठमाडौँ ।दोस्रो चरणमा फैलिरहेको कोभिड-१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउने जनचेतनामूलक अभियान शुरु गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।

पुरानो बसपार्कबाट आजबाट शुरु भएको अभियानमा “ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” भन्ने मूल नाराका साथ अभियान थालनी गरिएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड-१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान शुरूवात गरिएको बताए । उनले कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्ने बताए ।

कार्यक्रममा उपस्थित यातायात व्यवसायीहरू, मजदुर संघरयुनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूद्धारा सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिँकर टाँस गर्नुका साथै पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा आ(आफ्नो विचार राखेका थिए । आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न व्यवसायीहरु तत्पर रहेको उनीहरुको भनाई थियो ।

सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दुरी कायम गरी सवारी साधनको प्रयोग गर्न महाशाखाले विशेष अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १ : ०० बजे

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै