७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मुसहर समुदायको आय आर्जनका लागि सहयोग हस्तान्तरण



बुटवल । रुपन्देहीको देवदह स्थीत मुसहर बस्तीमा रहेका बिपन्न परिवारलाई आय आर्जनका लागि कुखुराका चल्ला हस्तान्तरण गरिएको छ ।

आशा फाउण्डेसनको सहकार्यमा रोटरी क्लव अफ क्यापिटल बुटवल र रोट्याक्ट क्लव अफ तिनाउ बुटवलको संयुक्त आयोजनामा स्थानीय जातका कुखुराका चल्ला बितरण गरिएको हो ।

देवदह नगरपालिका वडा नं-४ डुमरा पिपरिहवामा रहेका १९ परिवारलाई प्रतिघर २० थान लोकल कुखुराका चल्ला र तिनका लागि १५ दिन पुग्ने दाना हस्तान्तरण गरिएको क्लवका अध्यक्ष दिनेश पाण्डेले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले रोटरी क्लवले सामाजिक सेवा कार्यमा पु्रयाएको योगदान प्रशंसनीय रहेको बताए । न्यौपानेले रोटरी क्लवले पछिल्लो समय शिक्षा र स्वास्थ्यसंगै बिपन्न समुदायमा आय आर्जनका लागि गरेको सहयोगले अरुका लागि दिशा निर्देश गरेको बताए ।

कार्यक्रममा रोटरी डिष्टक ३२९२ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ता, क्लवका एडभाईजर एजाज आलम, ईलेक्ट प्रेसिडेन्ट माधव नेपाल, रोटर्याक्ट क्लव अफ तिनाउ बुटवलका अध्यक्ष ईन्दु पौडेल लगायतले सामाजिक संघ संस्थाहरुबाट प्राप्त सहयोग सदुपयोग गर्न सके समाजको बिकास र समुदाय संगको सहकार्यका लागि असंख्य संस्थाहरु तयार रहने अवस्था रहेको बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ४२ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा