१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आइपिएल २०२१ : मुम्बइ इन्डियन्सको पहिलो जित, कोलकाता १० रनले पराजित



काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत साविकको विजेता मुम्बइ इन्डियन्सले पहिलो जित हासिल गरेको छ ।

मंगलबार राति भएको प्रतियाेगिताकाे पाँचौँ खेलमा मुम्बइले कोलकाता नाइट राइडर्सलाई १० पराजित गरेको हो ।

मुम्बइले दिएको १ सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले पुरै ओभर खेल्दै १ सय ४२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १५ रन चाहिएको कोलकाताका आन्द्रे रसेल र प्याट कमिन्स ट्रेन्ट बोल्टको तेस्रो र चौथो बलमा आउट भएपछि जित नजिक पुगेर पनि हार ब्यहोर्न बाध्य भयो ।

कोलकाताका नितिश रानाले ५७ तथा शुभमन गिलले ३३ रन बनाए । यसअघि, मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो ।

मुम्बइका सूर्यकुमार यादवले सर्वाधिक ५६ रनकाे याेगदान दिए । यस्तै, रोहित शर्माले ४३, हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले समान १५-१५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बइलाई सस्तैमा समेट्ने क्रममा कोलकाताका आन्द्रे रसेलले २ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । यस्तै, प्याट कमिन्सले २, साकिब अल हसन, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्तीले समान एक एक विकेट हात पारे । जितसँगै मुम्बइले आफ्नो खातामा पहिलो अंक जोडेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ५० बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।