१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

राष्ट्रिय जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन



काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार थप संकतमा परेका छ । बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका छन् ।

विज्ञप्तिमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने समेत जनमोर्चाले स्पष्ट पारेको छ ।

जनमोर्चाले केपी ओली नेतृत्वको संघिय सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिए पनि गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन् ।

जनमोर्चाले बामपन्थी सरकारका पक्षमा जोड दिंदै प्रदेशमा माओवादी केन्द्र सहितको बामपन्थीको सरकार रहेका कारण समर्थन कायम राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेका कारण त्यसले प्रतिगमनलाई मद्दत पुग्ने उल्लेख गर्दै जनमोर्चाको विज्ञप्तिमा गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा अध्यक्ष केसीले वर्तमान सरकारको विपक्षमा मत रहेपनि आगामी सरकारमा भने जनमोर्चा सहभागी नहुने जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ५२ बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ