११ माघ २०८२, आइतबार | January 25, 2026

राष्ट्रिय जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन



काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार थप संकतमा परेका छ । बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका छन् ।

विज्ञप्तिमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने समेत जनमोर्चाले स्पष्ट पारेको छ ।

जनमोर्चाले केपी ओली नेतृत्वको संघिय सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिए पनि गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन् ।

जनमोर्चाले बामपन्थी सरकारका पक्षमा जोड दिंदै प्रदेशमा माओवादी केन्द्र सहितको बामपन्थीको सरकार रहेका कारण समर्थन कायम राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेका कारण त्यसले प्रतिगमनलाई मद्दत पुग्ने उल्लेख गर्दै जनमोर्चाको विज्ञप्तिमा गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा अध्यक्ष केसीले वर्तमान सरकारको विपक्षमा मत रहेपनि आगामी सरकारमा भने जनमोर्चा सहभागी नहुने जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ५२ बजे

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु, मुख्यमन्त्री आचार्यद्वारा पहिलो मतदान

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण

पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ । सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो

रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

रौतहट । रौतहटको गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको

अण्डाको माग र मूल्य बढ्यो

चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको