७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

अव रुपन्देहीमा पनि मोवाइल एप मार्फत घरघरमै सवारी सेवा



बुटवल । काठमाडौमा पठाओ र टुटलले लोकप्रियता कमाएसँगै पश्चिम नेपालको ब्यवसायीक शहर बुटवल र यस आसपास पनि नयाँ नाममा सवारीको सेवा सुरु गरिएको छ । रुपन्देहीमा पहिलोपटक नागरिकलाई घर घरबाटै यातायातको सेवा प्रदान गर्न थालिएको छ । सफल सवारी सेवाले दुईवटा मोवाइल एप्लिकेशन लन्च गर्दै बुधबारदेखि घरघरबाटै यातायात सेवाको सुरुवात गरेको हो ।

काठमाडौंमा यो सेवा बिगतदेखि नै चलिरहेको भएपनि उपत्यका बाहिर भने रुपन्देहीमा पहिलो हो । सजिलो सवारी र सजिलो सवारी चालक गरी दुईवटा एप्स लन्च गरिएको छ । यी दुई मोवाइल एपमार्फत् यात्रा गर्न चाहने व्यक्ति कहाँ छ र कहाँ जान चाहन्छ ? सबै जानकारी दिन सकिन्छ । यो एपमार्फत् बोलाएको ठाउँमा केही समयमै सवारी लिन आइपुग्छ ।

सूचना प्रविधि विषयमा अध्ययन गरेका सातजना युवा विद्यार्थी रेशम कार्की, विष्णु घिमिरे, रोशन खनाल, नविन राना, हिमाल शर्मा, खिमा अधिकारी र सुदन पाण्डेले १५ लाख लगानीमा सवारी सेवा सुरु गरेका हुन् ।

अहिलेसम्म साढे दुईसय चालकले सजिलो सवारी चालकमा आफ्नो नाम दर्ता गराइसकेको संस्थाका अध्यक्ष रेशम कार्कीले जानकारी दिए । सफलको सेवा शुल्क मोटरसाईकल तथा स्कुटरको हकमा ६ किलोमिटरका लागि ५० रुपियाँ पर्छ । त्यसपछि हरेक एक किलोमिटरमा थप शुल्क बढ्दै जान्छ । त्यसमा राइडरलाई ९० प्रतिशत जान्छ र संस्थाले १५ प्रतिशत लिन्छ । त्यस्तै ट्याक्सीको हकमा ५ किलोमिटरको ४०० रुपियाँ पर्छ भने त्यसपछि हरेक किलोमिटरमा ४० रुपियाँ थपिंदै जान्छ । त्यस्तै लक्जरी कारको ५ किलोमिटरको ८०० रुपियाँ पर्छ भने त्यसपछि हरेक किलोमिटरको ५० रुपियाँ थपिंदै जान्छ ।

यसबाट नयाँ रोजगारीसमेत सिर्जना भएको संस्थाकी प्रवन्ध निर्देशक विष्णु घिमिरेले बताइन् । कोभिडको बेलामा यातायात सेवा ठप्प हुँदा नागरिकले पाएको दुःखलाई मध्यनजर गर्दै यो अवधारणा अगाडि बढेको र अहिले आएर एप्लिकेशन तयार गरी सेवा शुभारम्भ गरिएको अध्यक्ष कार्कीले बताए ।

सवारी चालक एप इन्स्टल गरेपछि सेवा दिने चालकले नाम, सवारी साधनको विवरण र लाइसेन्सलगायत आवश्यक विवरण दर्ता गर्नुपर्छ । सुविधा लिने यात्रुले एपमार्फत् फाराम भर्नुपर्छ, एपको प्रयोगकर्ताले रुपन्देहीको जुनसुकै ठाउँबाट पनि सेवा दिन र लिन सकछन् ।

“हामीसँग आबद्ध सवारी साधनको तेस्रो पक्ष बिमा हुन्छ, त्यसबाटै दुर्घटनामा घाइतेको उपचार हुन्छ । हाम्रो उद्देश्य सबैले सर्वसुलभ यातायात सेवा पाउन् भन्ने हो । एपमार्फत् धेरै देशले यो सेवा विस्तार गरिसकेका छन्”–एप्लिकेशन निर्माण गरेका संस्थाका निर्देशक रोशन खनालले भने ।
बजारमा देखिएका ट्याक्सी कुनै भाडा, कुनै साहुको र कुनै ऋणमा चलाउने भएकाले त्यसको लगानी उठाउन गाह्रो हुने चालकहरू गुनासो गर्छन् । सफल सवारी सेवाले यो गुनासोलाई समेत अनत्य गरिदिने खनालको भनाइ छ ।

यसबाट यात्रु ठगिने समस्या पनि नहुने र सहुलियत दरमै सेवा प्राप्त गरिने भएकाले यो भरपर्दो हुने उनले बताए । यस्तो प्रविधिले ट्याक्सी चालकहरूले लिने गरेको मनपरी भाडालाई चुनौती दिएको उनको भनाइ छ ।

त्यस अवसरमा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको भन्दै रुपन्देहीमा सुरु भएको सेवाले केही हदसम्म यो आवश्यकतालाई पूरा गरेको बताए । आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालले अहिले घरघरमै इन्टरनेटसँग नागरिकको पहुँच पुगेकाले सजिलो सवारी सेवा प्राप्त गर्न नागरिकलाई सहज हुने बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : ०८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल