११ कार्तिक २०८३, बुधबार | October 28, 2026

देशभरका निर्वाचन कार्यालय सक्रिय, फोटोसहितको मतदाता दर्ता गरिँदै



काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता दर्ताका लागि ७७ वटै जिल्ला निर्वाचन कार्यालय सक्रिय बनाएको छ ।

केही समयअघि निर्वाचन घोषणापछि स्थगित नामावली संकलन फेरि थालिएको हो । निर्वाचन आयोग प्रमुख आयुक्त दिनेश थपलियाले स्थगित भएकै समयदेखि बाँकी र योग्यता पुगेका नेपाली नागरिकको नाम दर्ता सुचारु गरिएको जानकारी दिए ।

‘निर्वाचन मिति तोकिँदा केही समय नामावली संकलन स्थगित गरिएको थियो, स्थगित भएदेखि पुनः नाम दर्ता सुचारु भइसकेको छ,’ उनले भने, ‘योग्यता पुगेका नेपाली नागरिकले आफ्नो जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् ।’

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नामावलीमा दर्ता हुन उमेर पुगेका र छुटेका नेपाली नागरिकले सम्बन्धित जिल्ला निर्वाचन कार्यालय पुगेर दर्ता गर्न सक्नेछन् । नामाकृत मतदाताले भने पुनः दर्ता गरिरहनुपर्दैन ।

‘नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा छुटेका नागरिकलाई दर्ता गर्न उत्प्रेरित गरिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसका लागि जिल्ला निर्वाचन कार्यालयसम्म जाने–आउनेलगायत विषयमा सहजीकरण गरिदिन सबै स्थानीय तहलाई आग्रह गरेका छौं ।’

मतदाता नामावली ऐन, २०७३ बमोजिम तोकिएको योग्यता पूरा भएका नेपाली नागरिकको नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउने जिम्मेवारी आफ्नो भएको आयोगले जनाएको छ ।

७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम संकलन निरन्तर गर्ने व्यवस्था मिलाइएको छ । ‘योग्यता पूरा भएका कोही मतदान गर्नबाट वञ्चित नहुन’ भन्ने आयोगको अभिप्राय हो ।

मतदातामा नाम समावेश हुनुपर्ने अनिवार्य पूर्वसर्त रहेको आयोगले जनाएको छ । आयोगले नामावली संकलन कार्य व्यापक बनाउन साताव्यापी अभियान चलाउने तयारी गरे पनि कोरोना संक्रमण बढ्दोक्रममा रहेकाले केही समयपछि मात्रै सुरु गर्ने भएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ६ : २७ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको