२३ बैशाख २०८३, बुधबार | May 7, 2026

वायु प्रदूषण कायमै



काठमाडौं । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन ।

देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन ।

वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भने, “पहिलेभन्दा थोरै सुधार भएको छ तर स्वस्थकर वायुमा श्वास लिने अवस्थामा अझै पुगिएको छैन ।”

मङ्गलबार सबैभन्दा बढी वायु प्रदूषण धनगढीमा देखिएको छ । त्यसपछि काठमाडौं, पोखरा, सौराहा, सिमरालगायतका सहरका आकाश प्रदूषणले ढाकिएको छ ।

विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाएअनुसार विगत २४ घण्टामा धनगढीमा वायु गुणस्तरको सूचकाङ्क २५९ पुगेको छ । त्यस्तै काठमाडौंमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ । दुई दिनअघिसम्म घाम लागेर आकाश खुलेजस्तो भए पनि फेरि धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमेको छ । काठमाडौँमा दुई दिनअघि शिवपुरी जङ्गलमा उच्च डढेलो लागेको थियो ।

पश्चिमी वायुको प्रभावले ल्याएको बदलीले वायु प्रदूषणबाट थोरै भए पनि राहत भएको छ । नेपालमा स्थानीय र पश्चिमी न्यूनचापीय रेखाको प्रभावले विभिन्न भेगमा पानी पर्ने अवस्था सिर्जना गरेको छ । मुख्य गरी नेपालका पश्चिमी क्षेत्र र केही पहाडी भेगमा आगामी दुई दिन हल्कादेखि मध्यम वर्षा हुने लक्षण देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मञ्जु बासीले सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा अन्य क्षेत्रका स्थानभन्दा बढी वर्षा हुने आकलन रहेको बताइन् । तराई भेगमा वर्षाको सम्भावना न्यून छ । उनले पहाडी भेगले छुने भएकाले काठमाडौँमा छिटपुट वर्षाको सम्भावना रहेको जानकारी दिइन् । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ६ : ५५ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा