२३ मंसिर २०८२, मंगलबार | December 10, 2025

विद्यालय आउने अभिभावकलाई पुरस्कार !



काभ्रे । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाई सिकाइ अभिवृद्धि गर्ने उद्देश्यले अभिभावकलाई विद्यालय आउन प्रेरित गर्ने तथा पुरस्कृत गर्ने अभियान सुरु गरिएको छ ।

स्थानीय अभिभावकको क्रियाशीलता बढाउन सके विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने, विद्यालयको व्यवस्थापनमा सहज हुने तथा विद्यालय बाहिर रहेका बालबालिकालाई कक्षा कोठामा ल्याउने सरकारी अभियान सफल बनाउन सहज हुने भएपछि अभिभावकलाई पुरस्कृत गर्ने कार्यको थालनी गरिएको हो ।

जिल्लाको खानीखोला गाउँपालिकाका विद्यालयहरूले यस वर्षबाट पाँच जना क्रियाशील अभिभावक चयन गरेर पुरस्कृत गर्ने अभियान थालेका हुन् । गाउँपालिकाको महेन्द्र प्राथमिक विद्यालयले पाँच अभिभावकलाई पुरस्कृत गरेको छ ।

स्थानीय अभिभावक बाटुलीमाया थोकर, बुद्ध सिङ्ताक, राजकुमार तितुङ, शुक्रबहादुर घिसिङ र मखमली सारूमगरलाई पुरस्कृत गरिएको हो । यसबाट कक्षामा विद्यार्थीको उपस्थिति बढेको विद्यालयका प्रधानाध्यापक कमल पुलामी बताउँछन् ।

अभिभावकले विद्यालयमा आएर आफ्ना बालबालिकाले कस्तो पढेका छन्, शिक्षकको उपस्थिति छ कि छैन भन्ने कुरामा समेत चासो राखेको जनाइएको छ । यसबाट विद्यार्थी पूरै समय कक्षामा बस्ने गरेको, दिवा खाजापछिको समय पनि प्रभावकारी रूपमा पठनपाठन हुने गरेको जनाइएको छ । अभिभावक दैनिक विद्यालयमा आए नआएको, विद्यालय तथा आफ्ना बालबालिकाको शिक्षामा रुचि राखेका आधारमा अभिभावक चयन गरिएको जनाइएको छ ।

काभ्रेको मिल्चे-७, खानीखोला स्थित जनहित माध्यमिक विद्यालयले अभिभावकको क्रियाशीलता बढाउन पाँच अभिभावकलाई पुरस्कृत गरेको छ । स्थानीय अभिभावक शान्तिमाया थोलन, राजकुमार लोप्चन, अञ्जिता थापा, निर्मलबहादुर थापा, टेकबहादुर थिङलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक केशवबहादुर मगरले जानकारी दिए ।

विगतमा बालबालिका विद्यालय आए नआएको पढे नपढेको कुरामा समेत चासो नराख्ने अभिभावक विद्यालयमै आएर प्रअ तथा शिक्षकहरूसित कुराकानी गर्न थालेको प्रअ मगरले जानकारी दिए ।

अभिभावक थप चेतनशील र जागरुक भएपछि विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै विद्यालय सञ्चालनमा समेत सहज भएको महेन्द्र प्रावि व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तितुङले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ७ : ०१ बजे

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ कार्यक्रम नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे

नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना