२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

संक्रमितले भरिए नेपालगन्ज र बुटवलको कोरोना अस्पताल, नयाँ संक्रमित आए सडकको बास



नेपालगन्ज । कोरोना माहामारीले बिकराल स्वरुप ग्रहण गरिसक्दा लुम्बिनी प्रदेशका दुई प्रमुख शहरमा संक्रमितहरुले उपचार नपाउने अवस्था सिर्जना भएको छ । दिनदिनै थपिएको संक्रमितहरुको चापले बुटवल र नेपालगन्जका कोरोना बिषेश अस्पताल भरिभराउ भईसक्दा पनि राज्य उपचारको ब्यवस्थापनमा उदाशिन देखिएको छ ।

पछिल्लो एकसाता यता कोरोना सक्रमण तीब्र गतिमा बृद्धि हुँदा नेपालगञ्जको भेरी अस्पतालमा नयाँ विरामी भर्ना गर्नै नसक्ने अवस्थामा पुगेको छ । कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि भेरी अस्पताल थप कोरोना संक्रमितलाई उपचारको लागि आइसोलेशसनमा थेग्न नसक्ने अवस्थामा पुगेको हो ।

आईतबारदेखि एक्कासी लक्षणसहितका कोभिड–१९का विरामीको चाप बढेपछि अस्पतालमा रहेको जनशक्ति तथा अक्सिजन सुबिधा सहितको बेडको अभावमा थप बिरामी भर्ना गर्न असमर्थ हुनु परेको अस्पतालले जनाएको छ ।

अस्पतालमा बुधबारसम्म ८० जना विरामी भर्ना भएको र ती मध्ये ८० प्रतिशत विरामी गम्भीर प्रकृतिको भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

अस्पतालमा आएका बिरामी भर्ना लिन सक्ने अवस्था नहुँदा स्वास्थ्य कर्मचारीको असुरक्षा बढेको अध्यक्ष धितालले बताए ।

कोरोनाले घरघरमा जोखिम बढाईसकेपछि भने नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो पुरानो आइसोलेसन केन्द्रलाई सक्रिय बनाउने भएको छ । १०० जना संक्रमितलाई राख्न सकिने गरि उपमहानगरको आइसोलेसन शुक्रबारबाट संचालनमा आउने उपमहानगरकी उप प्रमुख उमा थापाले बताईन् ।

उता बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिषेश अस्पताल पनि गम्भिर प्रकृतिका संक्रमितले भरिभराउ भएको छ । १५ वटा आईसीयू सहित संचालनमा रहेको बिशेष अस्पतालमा १३ वटा बेड संचालनमा रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । संचालनमा रहेका सबै बेड प्याक छन्, नयाँ बिरामी आए भर्ना लिन सक्ने अवस्था छैन । प्रवक्ता डा. गौतमले भने ।

अस्पताल परिषरमा रहेको फिभर क्लिनीक पनि भरिभराउ रहेको छ, गम्भिर प्रकृतिका संक्रमितलाई बिशेष अस्पताल धागो कारखाना पठाउने गरिएपनि उता सबै बेड भरिएपछि फिभर क्लिनीकमै संक्रमित भरिएका छन् ।

संक्रमितको चाप बढेसंगै अस्पतालले कोरोनाको फाृकलपर्शन तोकेको अस्पतालका डाक्टर सुदर्शन थापाले फोन उठाउन छाडेका छन् । अस्पतालको उपचारको अवस्थाका बिषयमा जानकार।ी लिन पटक पटक फोन गर्दा पनि डा थापाको मोबाईल उठेन ।

कोरोनाको दोस्रो लहरले जनस्तरमा भयावहरुप लिईसकेको छ । अस्पतालमा उपचार नपाएपछि घरमै बसेर उपचार गर्नूको बिकल्प नहुँदा फैलन सक्ने जोखिमले समूदायमा कस्तो असर पर्ला ? बेलैमा उपचारको व्यवस्था गर्न नसके पहिलो चरणको ईटालीका दृष्यहरु नेपालमा पनि नदेखिएलान् भन्न सकिन्न ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ३ : ०८ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक