१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

काठमाडौं उपत्यका लगायत १४ जिल्लालाई कोरोनाबाट अति संक्रमित जिल्ला घोषणा, विद्यालय बन्द गर्न अपील



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढ्दो अवस्थामा रहेको बताउँदै उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।

सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै स्कुलसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेका छन् ।

“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन,” उनले अपिलमा भनेका छन् ।

मन्त्रालयले सबै सरकारी अस्पतालहरूमा कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ ।

 

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ५ : ०३ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले