१ पुस २०८२, मंगलबार | December 17, 2025

हराएको ३७ वर्षपछि अमेरिकाबाट फर्किएको मूर्ति हस्तान्तरण



ललितपुर । ललितपुर महानगरपालिका-१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ ।

संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरेका हुन् ।

सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ । मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ । महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज (लक्ष्मीनारायण)को मूर्ति रहेको थियो ।

जम्मा ७० किलोग्राम तौल रहेको मूर्ति सन् १९८४ मा हराएको विभागले जनाएको छ । मध्यकालीन नेपाली मूर्तिकलाको नमूनाका रूपमा रहेको र प्रस्तरबाट बनेको मूर्ति १५औँ शताब्दीको मानिन्छ ।

सन् २०२० मा सो मूर्ति अमेरिकाको टेक्ससस्थित डल्लास सङ्ग्रहालयमा रहेको जानकारी प्राप्त भएको थियो । त्यसपछि नै मूर्तिका बारेमा छलफल भएर फिर्ता ल्याउन प्रक्रिया शुरु भएको थियो । विभागले मूर्तिका बारेमा आवश्यक जानकारी सङ्कलन गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय पठाएको थियो । प्रमाणका आधारमा अमेरिकास्थित नेपाली दूतावासको अग्रसरतामा सम्झौता भई मूर्ति फर्काउन पहल भएको विभागले जनाएको छ ।

विसं २०७७ चैत ३१ मा मूर्ति नेपाल फर्काइएकामा बिहीबार नै विभागले जिम्मेवारी लिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबैको समन्वयमा हराएको मूर्ति फर्काउन सकिएको बताए । मूर्ति फर्कंदा हराएको छोरो घर फर्किएजस्तै भएको उहाँको भनाइ छ । कुनै पनि मन्दिरका मूर्ति स्थनीय तह र स्थानीयवासीसँगको सक्रियता भएमा मन्दिरमा राख्न सकिने उनले बताए। उनले थपे, “त्यसका लागि स्थानीयस्तरमा हामी त्यसको संरक्षण गर्न सक्छौँ भन्ने भावना हुनुपर्छ ।”

विभागका महानिर्देशक गौतमले कुनै पनि ठाउँबाट त्यहाँको सम्पदा बाहिरिन नपाओस् भनेर स्थानीयस्तरमा सचेतना हुनुपर्ने बताए । विगतमा हराएका कतिपय मूर्ति फर्काइएको र कतिपय फर्काउने क्रममा रहेको उनको भनाई छ । उनले भने, “सबैले समन्वय गरेर लागेमा फर्काउन सकिन्छ ।” महानगरपालिकाका प्रमुख महर्जनले महानगरभित्र रहेका सम्पदाको संरक्षण गर्न महानगर लागिपरेको बताए । सो मूर्ति फर्किएकामा खुशी व्यक्त गर्दै उनले त्यसको सुरक्षामा ध्यान पुर्याइने बताए ।

सन् १९५० भन्दा पहिलेसम्म कति कलाकृति बाहिरियो भन्ने रेकर्ड नभए पनि त्यो समयमा धेरै सम्पदा बाहिरिएको विभिन्न घटनाले देखाएको छ । खासगरी १९७०, १९८० र १९९० को दशकमा धेरै कलाकृति बाहिरिएको पाइन्छ । सन् २००० पछि भने सांस्कृतिक वस्तुको चोरी र निकासी कम हुन थालेको पाइन्छ । आम नागरिकमा सांस्कृतिक महत्व बुझ्दै जाँदा यी वस्तु यथास्थानमा नै प्रतिस्थापन गर्नुपर्छ भन्ने भावना बढ्दै छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनको विकासले नेपालभन्दा बाहिर गैरकानूनीरूपमा निकासी भएका सम्पदा फर्काउन थालिएको विभागले जनाएको छ ।

युनेस्कोको सन् १९७० को गैरकानूनीरूपमा सांस्कृतिक वस्तुको चोरी निकासी र ओसारपसारलाई रोक लगाउनेसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र भएसँगै यस्ता सम्पदा क्रमशः फर्किएको विभागले जनाएको छ । हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक, अमेरिकाबाट १०, तिब्बतबाट २८ र जर्मनीबाट एक थान मूर्ति फिर्ता भइसकेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ४२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष