६ बैशाख २०८१, बिहिबार | April 18, 2024

कर्णाली प्रदेशसभामा मुख्यमन्त्री शाहीले मागे विश्वासको मत



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका छन् ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले आफ्नो सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुलार्य आग्रह गरेका छन् ।

शाहीले आफु पाँच वर्षका लागि निर्वाचित भएपनि एमालेले समर्थन फिर्ता लिएका कारण पुनः विश्वासका मत लिन उपस्थित भएको बताए । शाहीले भने ‘त्यसकारण संवैधानिक व्यवस्था अनुरुप सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार यो अवस्थामा उभिएका छौं ।’

त्यसक्रममा मुख्यमन्त्री शाहीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठनभएपश्चात ५८७ वटा जनपक्षीय निर्णय गरेको स्मरण गरे । उनले आफ्नो सरकारले प्रदेशको आर्थिक विकास र समृद्धिका लागि धेरै काम गरेको जिकिर गरे । शाहीले कर्णालीको प्रतिपक्ष भनेको रोग, भोक र अविकास भएको बताए ।

सभामुखसहित २० सदस्य रहेको एमालेले भने मुख्यमन्त्री शाहीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्वीप लगाइसकेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : २९ बजे

बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी, नेपाल र भारतका ११ दमकलले आगो निभाउँदै

बाँके । बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका