१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेका ४ भाइ विभिषण, जसले गरे फ्लोर क्रस; यामलाल कँडेलको मुख्यमन्त्री बन्ने चाहना फेरि असफल



काठमाडौं । कर्णाली प्रदेश प्रदेश सभामा नेकपा एमालेका चार जना सांसदहरुले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मागेको विश्वासको मतको आग्रहलाई समर्थन गर्दै ती सांसदहरुले मत प्रकट गरेका हुन् ।

एमाले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेर पक्षमा मतदान गरेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको छ । पार्टीको ह्वीप उल्लंघन गरी फ्लोर क्रस गर्ने सांसदहरु एमालेमा माधवकुमार नेपाल पक्षधरहरु हुन् ।

यस्तै, अर्का सांसद देवी ओलीले पनि पक्षमा मत दिएकी थिइन । तर उनले सभामुखले मत सच्चाउन दिएको ३ मिनेटको समयमा आफ्नो मत सच्चाउँदै एमालेकै निर्णयअनुसार विपक्षमा मत जाहेर गरेकी थिइन ।

आजै बसेको नेकपा एमालेको संसदीय दलको बैठकले शाहीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएको थियो ।

कर्णाली प्रदेशसभामा सभामुखसहित एमालेका २० सांसद छन् । एमालेको बहुमत हुँदाहुँदै पनि आफ्नै सांसदले फ्लोर क्रस गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विशसपात्र संसदीय दलका नेता यामलाल कँडेलको मुख्यमन्त्री बन्ने चाहना यसपटक पनि असफल भएका छ ।

यसअघि तीनवर्ष अघि कँडेलले आफै मुख्यमन्त्री बन्नपाउनुपर्ने माग राखेका थिए । गत कात्तिकमा कँडेलले तत्कालिन नेकपा संसदीय दलमा मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसबेला पनि कँडेल असफल बनेका थिए ।

 

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : ५३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान