२५ चैत्र २०८२, बुधबार | April 8, 2026

एमालेका ४ भाइ विभिषण, जसले गरे फ्लोर क्रस; यामलाल कँडेलको मुख्यमन्त्री बन्ने चाहना फेरि असफल



काठमाडौं । कर्णाली प्रदेश प्रदेश सभामा नेकपा एमालेका चार जना सांसदहरुले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मागेको विश्वासको मतको आग्रहलाई समर्थन गर्दै ती सांसदहरुले मत प्रकट गरेका हुन् ।

एमाले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेर पक्षमा मतदान गरेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको छ । पार्टीको ह्वीप उल्लंघन गरी फ्लोर क्रस गर्ने सांसदहरु एमालेमा माधवकुमार नेपाल पक्षधरहरु हुन् ।

यस्तै, अर्का सांसद देवी ओलीले पनि पक्षमा मत दिएकी थिइन । तर उनले सभामुखले मत सच्चाउन दिएको ३ मिनेटको समयमा आफ्नो मत सच्चाउँदै एमालेकै निर्णयअनुसार विपक्षमा मत जाहेर गरेकी थिइन ।

आजै बसेको नेकपा एमालेको संसदीय दलको बैठकले शाहीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएको थियो ।

कर्णाली प्रदेशसभामा सभामुखसहित एमालेका २० सांसद छन् । एमालेको बहुमत हुँदाहुँदै पनि आफ्नै सांसदले फ्लोर क्रस गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विशसपात्र संसदीय दलका नेता यामलाल कँडेलको मुख्यमन्त्री बन्ने चाहना यसपटक पनि असफल भएका छ ।

यसअघि तीनवर्ष अघि कँडेलले आफै मुख्यमन्त्री बन्नपाउनुपर्ने माग राखेका थिए । गत कात्तिकमा कँडेलले तत्कालिन नेकपा संसदीय दलमा मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसबेला पनि कँडेल असफल बनेका थिए ।

 

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : ५३ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री