१ पुस २०८२, मंगलबार | December 16, 2025

असफल सरकार र असफल नेतृत्वका कारण मुलुकमा अस्थिरता : नेतृ कोईराला



बुटवल । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले कोभिड-१९ महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताएकी छिन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलक अस्थिरतामा फसेको बताउँदै असफल सरकार र त्यसको असफल नेतृत्वका विरुद्ध सबै मिलेर लड्नुपर्ने बताएकी हुन ।

मुलुकको राष्ट्रिय राजनीतिलाई सुधार गर्नको लागि नेपाली काँग्रेस एकजुट हुनुपर्ने समेत उनले भनाई राखिन ।

नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवसको अवसरमा जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तर बिद्यालय महिला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नेतृ कोईरालाले मुलुकको समृद्धि र बिकासको लागि गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताइन ।

गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकताको नीतिकै कारण तत्कालिन विद्रोही माओवादीलाई शान्तिको बाटोमा रुपान्तरण गर्न सकिएको बताउँदै मुलुकको बिकास र समृद्धिको लागि सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताइन ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : १२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज