११ माघ २०८२, आइतबार | January 25, 2026

तान्त्रिक प्रयोजनको लागि हत्या गरी मानव शरीरका अंग बचविखन गर्ने गिरोह पक्राउ



कपिलवस्तु । कपिलवस्तुमा तान्त्रिक प्रयोजनको लागी महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहका ६ जना प्रकाउ परेका छन । मानिसको औलाहरु ल्याएमा प्रति औला ८० लाख सम्म विक्री हुने भन्ने भ्रमपुर्ण हल्ला विश्वास गरि संगठीत गिरोहले रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका वार्ड नं ५ मनहपुर आफ्नो माइती वस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएका छ ।

कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार सो गिरोहले मृतक दर्जी लाई चैत्र १२ गते ललाइ फकाइ कपिलवस्तु शुद्धोधन गाउपालिका ३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औलाहरु काटी लाश बोरामा राखी बेतिया नदीमा फालेका थिए ।

प्रकाउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं २ नन्दनगर बस्ने ३९ वर्षिय अव्दुल कलाम मुसलमामन, ४५ वर्षिय बेलाल अहमद मुसलमान कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं ५का ५५ बर्षिय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड नं १ बनकट्टा का बर्ष ६७को कर्ण बहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस वार्ड नं २ हाल मध्यविन्दु नगरपालिका ७ का ६७ बर्षिय खेम बहादुर मल्ल रहेका छन् । उनीहरुमाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ११ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)