६ बैशाख २०८१, बिहिबार | April 19, 2024

कर्णालीका ‘फ्लोर क्रस’ गर्ने एमाले सांसदलाई साधारण सदस्यबाट निस्काशनको सिफारिस



काठमाडौं । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले मागेको संसदको समर्थनको पक्षमा फ्लोर क्रस गरेर मत दिने एमालेका ४ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाहीको सिफारिस गरिएको छ । संसद बैठकमा मुख्यमन्त्रीले समर्थन प्राप्त भए लगत्तै बसेको एमाले संसदीयदलको बैठकले उनीहरुलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने सिफारिस गरेको हो ।

शुक्रबार संसद बैठकमा मुख्यमन्त्री शाहीले संसदको समर्थन माग गरेको मा एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाले एमाले संसदीयदलको ह्वीप क्रस गर्दै शाहीको समर्थनमा मत दिएका थिए ।

दलको आकस्मिक बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय गरेको एमाले संसदीयदलमा ओली पक्षका एक सांसदले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : १६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी