२ जेष्ठ २०८२, शुक्रबार | May 16, 2025

आइपिएल २०२१ : चेन्नइको पहिलो जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा अन्तर्गत चेन्नई सुपर किंग्सले पहिलो जित हात पारेको छ ।

प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा चेन्नइले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १ सय ७ रनको समान्य लक्ष्य चेन्नइले १५.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नइको जितमा मोइन अलीले ४७, फाफ डु प्लेसिसले ३३ तथा सुरेश रैनाले ८ रन बनाए ।

यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको पञ्जाबको पहिलो ओभरको चौथो बलमा मयंक अग्रवाल शून्य रनमा आउट भए । यस्तै, टोलीको स्कोर १५ रन हुँदा कप्तान लोकेश राहुल ५ रनमा रनआउट भए ।

पञ्जाबका शाहरुख खानले ४७ रन बनाउँदा झाइ रिचर्डसनले १५ तथा क्रिस गेल र दीपक हूडाले समान १०-१० रन जोडे । मोहम्मद शामीले ९, मुरुगन अश्विनले ६ रन बनाए ।

चेन्नइका दीपक चाहरले ४, साम कुरान, मोइन अली र ड्वेन ब्राबोले एक-एक विकेट लिए । प्रतियोगितामा पहिलो जित हात पारेको चेन्नइ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

चेन्नइ समान २ अंक भएपनि नेट रनरेटका आधारमा मुम्बइ, दिल्ली, राजस्थान, कोलकाता र पञ्जाबभन्दा अघि रहेको हो । तालिकाको शीर्ष स्थानमा ४ अंकसाथ बैंगलोर छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : ३७ बजे

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष प्रचण्ड

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पूर्व खेलाडीहरुको संगठनलाई देशब्यापी विस्तार गरिने

नेपालगन्ज । नेपालगन्जमा गठन भएको पूर्व खेलाडी समाज बाँकेले देशभरका

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौँ । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण

गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष प्रचण्ड

बैतडी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’