११ माघ २०८२, आइतबार | January 25, 2026

जहाँ जोखिम, त्यहीं खेलाँची



धनगढी । कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार बिहान साढे १० बजेतिर अन्नपूर्ण पोस्ट्को टिम पुग्दा सबै कुरा अस्तव्यस्त देखियो ।

प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका भरमा भारतबाट घर फर्किरहेका नेपालीलाई लाम लगाउन र हेल्थ डेस्कमा पठाउन व्यस्त थिए। नाकामै सयौं ई-रिक्सा पार्किङ गरिएका थिए । ती रिक्साका चालक भारतीय सीमाभित्रै पसेर यात्रुका झोला ओसारिरहेका देखिन्थे। मुखमा न मास्क, हातमा न पञ्जा थियो ।

कुनै स्वास्थ्य सावधानी अपनाएको देखिएन । ‘यस्तो नगरे घर चल्दैन। हामीलाई त कोरोना भएर निको पनि भइसक्यो होला’, नाम नबताएका एक रिक्सा चालकले भने, ‘कति दिनसम्म कोरोना कोरोना भनेर रोजीरोटी नचलाउने ?’

नाकामा ईरिक्सा मात्रै होईन, मिनी बस ले पनि यात्रुलाई धनगढी बजारसम्म बोक्ने गर्छन । धनगढी बसपार्कका होटल सञ्चालकले भारतबाट आएका नेपालीलाई आफ्नो होटलमा ल्याउन निःशुल्क बस चलाएका छन । दिनभर आफ्नो होटलमा खानपीन गर्ने, त्यसपछि गन्तब्यसम्मको टीकटमा कमिशन पनि पाउने ।

अरू पनि फाइदा मिल्ने भएकाले होटल सञ्चालकले बसबाट जथाभावि यात्रु ओसारेको पनि देखियो । सरकारले भारतबाट आएकाहरू नागरिकका लागि नाकामा निशुल्क एन्टीजेन परिक्षणको व्यवस्था गरेको छ । तर, बसका कर्मचारीले सकेसम्म एन्टीजेन परिक्षणबाट पनि छुटाएर यात्रुलाई बसपार्कसम्म ल्याएको पाईयो ।

अछामको साफेबगरका रामबहादुर दमाई र सुर्खेतका सुरत नेपाली सँगै भारतको मुम्बईबाट गौरीफन्टा आइपुगे । दुबै जना सँगै नै विन्दास भएर नेपाल छिरे । उनीहरूले न मास्क लगाएका थिए न त स्यानिटाइजरकै प्रयोग गरेका थिए । सयौंको भीड छिचोल्दै भारतको मुम्बईबाट बसमा आएका उनीहरूलाई हेल्थ डेस्कका कर्मचारीले मास्क दिए ।

‘मास्क लगाएर के गर्नु ? यो मास्कले कोरोनाको किटाणु रोक्दैन भनेर सुनिन्छ’, धनगढी बसपार्कमा अछाम जान बसको टिकट बनाइरहेका भरत राललले भने, ‘सरकारले केही सुविधा दिएको छैन, न क्वारेन्टाईन छ, न गतिला आईसोलेशन नै । अब हामीले मास्क लगाएर मात्र कोरोनाबाट जोगिने हो त ? मास्क लगाए झन शरिरमा अक्सीजन कम हुन्छ र मानिस विरामी हुन्छ ।’  उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : १२ बजे

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न, २८६ मत खस्यो

बुटवल । लुम्बिनी प्रदेशको तर्फबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक