३ पुस २०८२, बिहिबार | December 18, 2025

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीद्वारा सभामुख सापकोटा विरुद्ध सत्तोसराप



काठमाडौं । सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलका नेताहरुको बीचमा सभामुख अग्निप्रसाद सापकोटाको चर्को आलोचना गरेका छन् ।

बालुवाटारमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन् । ओलीले सभामुखको भूमिका अनैतिक र अराजक भएको गम्भीर आरोप समेत लगाए ।

ओलीको आक्रोश विवादित एमीसी सम्झौता सभामुख सापकोटाले अल्झाएर राखेको भन्नेमा मुख्य केन्द्रित थियो । उनले पछिल्ला केही दिनयता एमसीसी पारित गर्न सरकारलाई सहयोग नगरेको भन्दै सापकोटाको खेदो खन्दै आएका छन् ।

बैठकमा भाग लिएका राप्रपा नेता प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले सभामुखले सरकारलाई काम गर्नै नदिएको गुनासो गरेको बताए ।

‘सभामुख अराजक बन्नुभयो । उहाँले संसद बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन, मैले एमसिसी पेश गर्न खोज्दा दिनुभएन भन्दै सभामुखप्रति उहाँले निकै आक्रोश पोख्नुभयो,’’, प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै नेता लोहनीले भने, ‘प्रधानमन्त्रीले यसको निकास कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । हामीहरुले मिलाएर लैजानुस भन्यौं ।’

प्रधानमन्त्री ओलीले बैठकमा सभामुख परिवर्तन गर्ने अवस्था छ भने त्यो खोज्नुपर्ने आशयले दलहरुको राय मागेका छन् ।

सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र अनुपस्थित भएको छ । बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव एवं बाबुराम भट्टराई र एमालेको माधव नेपाल समूहलाई खबरनै गरिएको थिएन ।

नेपाली काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल लगायतका नेताहरु उपस्थित थिभए भने संसदमा उपस्थित नेमकिपा, राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरु पनि उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तह र प्रतिनिधिसभामा खाली रहेको क्षेत्रमा उपनिर्वाचन गर्ने विषयमा पनि कुरा उठाएका थिए । उनले कोरोना नियन्त्रणका लागि सरकार प्रयासरत रहेको बताएका थिए ।

दलका नेताहरुले राजनीतिक सहमति खोजेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : ३७ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको