२० मंसिर २०८२, शनिबार | December 6, 2025

जेसीजका ५० शाखाका अध्यक्षहरु देवदहमा भेला हुँदै



बुटवल । रुपन्देहीको देवदहमा नेपाल जेसिज एरिया डि अन्तर्गतका प्रेसिडेन्ट मिट–२०७८ हुने भएको छ । बैशाख १० र ११ गते हुने प्रेसिडेन्ट मिट–२०७८ मा नवलपरासीको गैडाकोट देखि महेन्द्रनगर सम्मका शाखा अध्यक्षहरुको भेला हुने नेपाल जेसिजले जनाएको छ ।

देवदहमा हमज पत्रकार सम्मेलनको आयोजना गरी देवदह जेसिजको आतिथ्यतमा हुने भेलामा करिव ५० शाखाका अध्यक्षहरुको सहभागिता हुने जानकारी दिईयो । भगवान गौतम बुद्धको मावली स्थल देवदहको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भेलाले महत्वपूर्ण भूमिका खेल्ने जेसिजले अपेक्षा गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै देवदह जेसिजका अध्यक्ष केशवराज पराजुलीले बैहाख १० गते सम्पूर्ण शाखाका अध्यक्षहरुको सहभागिता हुने र बैशाख ११ गते विहान देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको भ्रमण गराईने जानकारी दिए ।

देवदह क्षेत्रमा रहेका भवानीपुर, कन्यामाई, बैरीमाई, देवदह दह, पाकरी वृक्ष, गौतम बुद्ध राष्ट्रिय उद्यान क्षेत्रको अवलोकन गराईने उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक विष्णु न्यौपानेले भेलामा करिव ७ लाख खर्च हुने जानकारी दिंदै नेपाल जेजिस, विभिन्न संघसंस्थाहरुको सहयोगमा उक्त कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा देवदह जेजिसका पुर्वअध्यक्ष सुरेन्द्र अधिकारीले धन्यवाद ज्ञापन गर्दै भेलाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुग्ने बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : ५९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय