१ आश्विन २०८३, बिहिबार | September 17, 2026

जेसीजका ५० शाखाका अध्यक्षहरु देवदहमा भेला हुँदै



बुटवल । रुपन्देहीको देवदहमा नेपाल जेसिज एरिया डि अन्तर्गतका प्रेसिडेन्ट मिट–२०७८ हुने भएको छ । बैशाख १० र ११ गते हुने प्रेसिडेन्ट मिट–२०७८ मा नवलपरासीको गैडाकोट देखि महेन्द्रनगर सम्मका शाखा अध्यक्षहरुको भेला हुने नेपाल जेसिजले जनाएको छ ।

देवदहमा हमज पत्रकार सम्मेलनको आयोजना गरी देवदह जेसिजको आतिथ्यतमा हुने भेलामा करिव ५० शाखाका अध्यक्षहरुको सहभागिता हुने जानकारी दिईयो । भगवान गौतम बुद्धको मावली स्थल देवदहको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भेलाले महत्वपूर्ण भूमिका खेल्ने जेसिजले अपेक्षा गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै देवदह जेसिजका अध्यक्ष केशवराज पराजुलीले बैहाख १० गते सम्पूर्ण शाखाका अध्यक्षहरुको सहभागिता हुने र बैशाख ११ गते विहान देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको भ्रमण गराईने जानकारी दिए ।

देवदह क्षेत्रमा रहेका भवानीपुर, कन्यामाई, बैरीमाई, देवदह दह, पाकरी वृक्ष, गौतम बुद्ध राष्ट्रिय उद्यान क्षेत्रको अवलोकन गराईने उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक विष्णु न्यौपानेले भेलामा करिव ७ लाख खर्च हुने जानकारी दिंदै नेपाल जेजिस, विभिन्न संघसंस्थाहरुको सहयोगमा उक्त कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा देवदह जेजिसका पुर्वअध्यक्ष सुरेन्द्र अधिकारीले धन्यवाद ज्ञापन गर्दै भेलाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुग्ने बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : ५९ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा