७ चैत्र २०८२, शनिबार | March 22, 2026

आइपिएल २०२१ : १३ रनले हैदरावादलाई पराजित गर्दै मुम्बईले दोस्रो जित निकाल्यो



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा साविक विजेता मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रनमा आउट हुँदा विजय शंकरले २८ रन जोडे ।

विराट सिंहले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ४० रनको इनिङ्स खेल्दा केइरन पोलार्डले अविजित ३५ रन बनाए ।

यस्तै कप्तान रोहित शर्माले ३२ रन बनाए । इशान किशन १२ रनमा आउट हुँदा सुर्य कुमार यादवले १० रन बनाए । हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए ।

जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ३ खेलमा ४ अंक जोडेको छ । हैदरावादको यो लगातार तेस्रो हार हो । हैदरावाद ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : २४ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा