६ माघ २०८२, मंगलबार | January 20, 2026

कर्णालीका नवनियुक्त मन्त्रीलाई आज शपथ खुवाउने तयारी



काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने तयारी गरिएको छ ।

आइतबार नै तीनजना मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार नेकपा एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएपछि उनीहरुले मन्त्री उपहार पाएका हुन । पार्टी ह्वीप उल्लंघन गरेपछि एमालेले उनीहरुलाई कारबाही गरिसकेको छ ।

मुख्यमन्त्री शाहीले उनीहरुलाई मन्त्री नियुक्त गरेपनि एमालेले भने तीनैजनालाई पार्टी र सांसद पदबाटै हटाएको छ । एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

यस्तै पार्टी ह्वीप उल्लंघन गरेको र दल त्याग गरेकोमा उनीहरुको सांसद पद समेत खारेज हुने गरी कारबाही गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : २४ बजे

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

निर्वाचन आउन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार