१५ चैत्र २०८२, आइतबार | March 30, 2026

कोरोनाको पारो चढ्यो चार अंकमा, २४ घण्टामा थपिए १०९६ संक्रमित



काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको तिब्रता दिनप्रतिदिन बढ्दै गएको छ । धेरै समयपछि एकैदिन १ हजार बढीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९६ जना संक्रमित थपिएका छन् । जसमध्ये ५ हजार ८४ पीसीआर परीक्षणमा १०९५ जना र ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै काठमाडौं उपत्यकामा थपिएका छन् । उपत्यकामा ४३५ जना संक्रमित थपिएको स्वास्थ्यमन्त्रायले जनाएको छ । जसमध्ये ३२६ जना मात्रै काठमाडौंका रहेका छन् भने ६४ जना ललितपुर र ४५ जना भक्तपुरका रहेका छन् ।

यसअघि कोरोनाको पहिलो लहरमा पनि काठमाडौंमै सबैभन्दा धेरै संक्रमित थपिने गरेका थिए ।

यही अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार २९० पुगेको छ भने क्वारेन्टाइनमा ८५ जना रहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ४० बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा