१५ चैत्र २०८२, आइतबार | March 30, 2026

संसदलाई घेराबन्दी गर्न खोजियो, कसैको दबाबमा काम गर्दिन : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई चौतर्फी घेरावन्दी गर्न खोजिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले आफुलु संसदलाई जनमुखी बनाउन खोज्दा त्यसको विरोधमा रहेकाहरुले घेरावन्दी गर्न खोजेको बताएका हुन् ।

सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन सभामुखले आफ्नो पक्षमा भूमिका खेलुन भन्ने चाहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदन प्रक्रियालाई सभामुखले अल्झाएर राखेको भन्दै चर्को आलोचना गर्दै आएका छन् । ओलीले शनिबार मात्रै सर्वदलीय बैठक बोलाएर सभामुखले अनैतिक र अराजक काम गरेको आरोप लगाएका थिए ।
तर सभामुख सापकोटाले आइतबार स्पष्ट शब्दमा भने, ‘सभामुख तटस्थ होइन, आफ्नो पक्षमा होस् भन्ने चाहेका छन् । तर म कसैको दबावमा काम गर्दिनँ ।’

सापकोटाले आफुले देश र जनताको विपक्षमा कुनै काम नगरको जिकिर गरे । आफुले कुनै गल्ती नगरेको भन्दै उनले भने ‘भन्नेले के भनेको छ, मैले वास्ता गरेको छैन, मैले लुरुलुरु काम गरेको छु । मैले देश र जनताका विपक्षमा केहि गरेको छैन।’ उनल ेउनले आफूले कसैको दबाव, प्रभावबिना स्वतन्त्रतापूर्वक काम गरिरहेको दाबी समेत गरे ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ०२ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा