८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोका-कोला र नेपाली सेनाले हिमाल सफाई अभियान २०७८ को लागि साझेदारी



काठमाडौं । कोका-कोलाको दीर्घकालीन साझेदार कोका-कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई) ले हिमाल सफाइ अभियान २०२१ का लागि नेपाली सेनासँग हातेमालो गरेको छ । हिमालयन क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाइ कार्यक्रमको दोस्रो संस्करण हो ।

यो मल्टिस्टेक होल्डर कार्यक्रमले हिमाललाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्देश्य राखेको छ ।

हिमाल सफाइ अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले भने, ‘हामी खुसी छौँ; कोका-कोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरु सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको छ ।

हाम्रो लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो । थप रुपमा, हामी समुदायहरु र साझेदारहरुसँग हिमालहरु सफा राख्नका लागि जागरुकता बढाउनको लागि संलग्न छौँ किनकि हामीलाई थाहा छ व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ ।’ विसं २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका-कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक ‘सगरमाथा हिमाल सफाइ अभियान २०७६’ नामक पहिलो हिमाल सफाइ अभियान सञ्चालन गरेका थिए ।

यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको हामी प्रशंसा गर्दछौं । अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुन पाएकोमा हामी खुसी छौं । नेपालको गौरवलाई कायम राख्न सफाइ अभियानको नेतृत्व लिने टोली लिडर र सदस्यहरुलाई धेरै धेरै अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छौं ।’

यस कार्यक्रमले विभिन्न सरकारी, गैर-नाफामुलक संस्था र निजी क्षेत्रका कम्पनीहरुका लागि वातावरणको संरक्षणमा काम गर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साँझा चाँसो राख्ने प्लेटफर्म स्थापना गरेको छ ।

नेपालका कोका-कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हाम्रो ग्लोबल ‘वल्र्ड विथआउट वेस्ट’ लक्ष्य भनेको सन् २०३० सम्ममा हामीले बेची सकेको हरेक बोतल रिसाइकल गर्नु हो । हामी फराकिलो सम्बोधनमा आफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौँ। प्लास्टिक फोहोर चुनौती र हिमाली सफाइ अभियान मार्फत हामी नेपाललाई स्वच्छ राख्नेछौँ भन्ने आशा राख्दछौं ।’

सन् २०१८ मा कोका-कोलाले २०३० सम्ममा उत्पादन गर्ने सबै बोतल र क्यानहरुको बराबरी र रिसाइकल गर्ने उद्येश्यले विश्वव्यापी रुपमा वर्ल्ड विथआउट वेष्टको घोषणा गरेको थियो । ग्लोबल भिजनको समर्थनमा नेपालमा कोका-कोलाले धेरै रिसाइक्लिङ इनिसिएटिभहरु पहल गरिसकेको छ ।

आगामी दशकमा नगरमित्र, रिसाइक्लर साथी र रिफ्रेस र रिसाइकलका विभिन्न परियोजनाहरु मार्फत ‘वर्ल्ड विथआउट वेष्ट’ का उद्येश्यहरु प्राप्त गर्न कार्यहरु सञ्चालन हुने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : १७ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन