१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेपालपक्षका नेतालाई कडा कारवाही गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सहितको नेताहरुलाई कडा कारवाही गरिने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले कर्णाली प्रदेशमा आफ्नै पार्टीविरुद्ध बेइमानी गरेर अक्षम्य अपराध गरेको बताउँदै नेपाल सहितका नेताहरुले कडा कारवाही गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा सम्बोधन अध्यक्ष ओलीले कर्णाली प्रदेशमा फ्ला्र क्रस गरेर माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको आरोप लगाए । ‘अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’ एमाले अध्यक्ष ओलीले भने ।

शुक्रबार कर्णाली प्रदेशका माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा मागेको समर्थनमा पार्टीको् ह्विप उल्लँघन गर्दै एमालेकै नेपालपक्षीय सांसदहरुले मुख्यमन्त्रीलाई मत दिएपछि मुख्यमन्त्रीको पद जोगिएको थियो ।

बैठकमा ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग सहमति गरेको भन्ने झुठो हल्ला मच्चाएर माअ‍ेवादी अध्यक्ष प्रचण्डले आफ्नाविरुद्ध दुष्प्रचार गरेको आरोप लगाए।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : २४ बजे

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट