७ आश्विन २०८३, बुधबार | September 23, 2026

१२८१ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन् । यो संख्या आइतबारको भन्दा झण्डै दुई सय बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १२ सय २७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ६३४ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै ५०५ जना, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म दुई लाख ८५ हजार ९०० जनालाई संक्रमण भएको मन्त्रालयले जनाएको छ । सोमबार सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ भने २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : २५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई