१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

१२८१ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन् । यो संख्या आइतबारको भन्दा झण्डै दुई सय बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १२ सय २७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ६३४ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै ५०५ जना, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म दुई लाख ८५ हजार ९०० जनालाई संक्रमण भएको मन्त्रालयले जनाएको छ । सोमबार सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ भने २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : २५ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले