१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कुशलको अविजित अर्धशतक, नेपालको लगातार दोस्रो जित



काठमाडौं । मलेशियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पाहुना टोली मलेशियालाई हराउँदा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारीमा नेपालले लगातार दोस्रो खेलमा पनि जित निकाल्न सफल भएको हो ।

मलेशियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतकीय इनिङ खेले । यसै शृखंलाबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका कुशलले लगातार दोस्रो खेलमा पनि अर्ध सतक पूरा गरेका छन् । ४१ बलको सामना गरेको कुशलले ३ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ६१ रनको पारी खेले ।

यसअघि भएको पहिलो खेलमा कुशल र आशिफ दुबैले ले नेदरल्यान्ड्सविरुद्ध अर्धसतकीय इनिङ्स खेलेका थिए । जितका लागि ८ रन आवश्यक हुँदाको अवस्थामा कुशललाई साथ दिएका अशिफ शेख ४२ रनमा पवेलियन फर्किए । २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेको आशिफ पछि ब्याटिङमा आएको उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहँदा नेपालले लक्ष्य भेटाउन सफल भएको छ ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेशियाले १६.५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९ रन जोडेको थियो । खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो । अनवर अरुदिनलाई ८ रनमा पेभिलियन फर्किएका थिए । त्यसपछि मैदान प्रवेश गरेका कप्तान अहमद फाइज धेरै बेर क्रिजमा टिक्न सकेनन् । टोलीले ३४ रन बनाउँदा ३ रनमा मैदानबाट बाहिरिन बाध्य बने ।

तेस्रो विकेटको रुपमा मलेसियाले विरन्दीप सिंह ६ रनमा सोमपालको बलमा बोल्ड भए । चौथो विकेटको रुपमा मलेसियाले ओपनर ब्याट्सम्यान साद अजिज २७ रनको योगफल तयार पार्दा दिपेन्द्रसिंह ऐरीको बलमा आशिफ शेखबाट समातिए । अमिनुद्दीन रामलीले १५ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट निकाल्दा सन्दिप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लको नाममा एक एक विकेट रह्यो ।

जितसँगै नेपालले शृखंलामा लगातार दोस्रो जित निकाल्दै तालिकामा शीर्षता कायमै राखेको छ । २ खेलमा स्पष्ट जित निकालेको नेपालको ४ अंक भएको छ भने दुई मध्ये एक खेलमा जित निकालेको नेदरल्यान्ड्स २ अंकका साथ दोस्रो र अंकविहिन मलेशिया तेस्रो स्थानमा छ । अर्को खेल नेपालले मंगलबार त्रिभुवन विश्व विद्यालयको मैदानमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ४८ बजे

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी