१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

नेपालमा कोरोनाविरूद्धको दोस्रो खोप आजदेखि लगाइँदै



काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाहरूलाई दोस्रो खोप आज देखि दिँदैछ ।

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो खोप दिन लागिएको हो ।

पहिलो चरणमा चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट सेवाग्राहीले आजदेखि देखि ११ गतेसम्म खोप लिन पाउनेछन् । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभाग प्रमुख डा.झलक शर्मा गौतमले बताए ।

सबै जिल्लाबाट दिइने खोपका लागि स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र थपघट गर्नसक्ने पनि डा.गौतमले बताए ।

कसले कहिले लगाउने ?

विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते

माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते

माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते

माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते

माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ७ : ४२ बजे

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक

होलीका नाममा सार्वजनिक स्थानमा भीड जम्मा नगर्न काठमाडौं प्रशासनको निर्देशन, मदिरा वेचविखनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्तिसुरक्षा

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने