७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपालमा कोरोनाविरूद्धको दोस्रो खोप आजदेखि लगाइँदै



काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाहरूलाई दोस्रो खोप आज देखि दिँदैछ ।

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो खोप दिन लागिएको हो ।

पहिलो चरणमा चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट सेवाग्राहीले आजदेखि देखि ११ गतेसम्म खोप लिन पाउनेछन् । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभाग प्रमुख डा.झलक शर्मा गौतमले बताए ।

सबै जिल्लाबाट दिइने खोपका लागि स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र थपघट गर्नसक्ने पनि डा.गौतमले बताए ।

कसले कहिले लगाउने ?

विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते

माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते

माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते

माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते

माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ७ : ४२ बजे

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ