७ चैत्र २०८२, शनिबार | March 22, 2026

आजको मौसम : अपरान्हपछि पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि देशको पश्चिमी भू-भागमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहने देखिएको महाशाखाले बताएको छ । अहिले उच्च पहाडी भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।

देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैबिच पहाडी भू-भागका थोरै स्थानमा साँझपख मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : २२ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा