२९ माघ २०८२, बिहिबार | February 12, 2026

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा



गलेश्वर । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए ।

पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए । यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन ।

अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अगस्त १६ तारिख (२०७८ वैशाख ३ गते) चुचरोमा टोली पुगेको थियो । अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताए ।

सेभेन समिट ट्रेकबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १ः१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए ।

श्रेष्ठका अनुसार बेसक्यापदेखि छ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो । खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर सफल आरोहण गर्न टोली सफल भएको शेर्पाले बताए ।

सुन्दर ठाउँमा अवस्थित अन्नपूर्ण हिमालको बेसक्यापसम्म सरकारलगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गरे। फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

आरोही पत्रकार श्रेष्ठलाई म्याग्दीमा सम्मान

अन्नपूर्ण हिमालको सफल आरोहण गरेर कीर्तिमानी बनाएकी पत्रकार पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सोमबार भव्य सम्मान गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुग्ने पहिलो महिला पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङवासी र नेपाल पत्रकार महासङ्घ म्याग्दीले बेनीमा सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा, पोल्याण्डका यारोलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा श्रेष्ठले आत्मविश्वासले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला राख्न सफल भएको बताइन । साहसले नै सफल आरोहण भएको उनले अनुभव सुनाइन ।

पहिलो महिला पुगेको भन्दा पनि एउटा नेपाली युवा चुचुरोमा पुगेकाले आफूलाई खुशी लागेको उनले प्रतिक्रिया दिइन । यो सफल यात्रामा सहयोग गर्ने गण्डकी प्रदेश, अन्नपूर्ण गाउँपालिकालगायत सहयोगी सबैलाई उनले धन्यवाद दिइन ।

अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको चुचुरोमा पुगेका थिए । यस वर्ष छ नेपाली महिलासहित सबैभन्दा धेरैले चुचुरोमा पाइला पुगेको वर्षका रूपमा लिनुपर्ने आरोहणका मुख्य गाइडर पेम्वा शेर्पाले बताए । पेम्बा पनि पहिलोपटक अन्नपूर्ण हिमाल चढेका हुन । रासस

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ४३ बजे

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका