३ पुस २०८२, बिहिबार | December 19, 2025

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा



गलेश्वर । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए ।

पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए । यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन ।

अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अगस्त १६ तारिख (२०७८ वैशाख ३ गते) चुचरोमा टोली पुगेको थियो । अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताए ।

सेभेन समिट ट्रेकबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १ः१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए ।

श्रेष्ठका अनुसार बेसक्यापदेखि छ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो । खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर सफल आरोहण गर्न टोली सफल भएको शेर्पाले बताए ।

सुन्दर ठाउँमा अवस्थित अन्नपूर्ण हिमालको बेसक्यापसम्म सरकारलगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गरे। फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

आरोही पत्रकार श्रेष्ठलाई म्याग्दीमा सम्मान

अन्नपूर्ण हिमालको सफल आरोहण गरेर कीर्तिमानी बनाएकी पत्रकार पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सोमबार भव्य सम्मान गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुग्ने पहिलो महिला पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङवासी र नेपाल पत्रकार महासङ्घ म्याग्दीले बेनीमा सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा, पोल्याण्डका यारोलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा श्रेष्ठले आत्मविश्वासले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला राख्न सफल भएको बताइन । साहसले नै सफल आरोहण भएको उनले अनुभव सुनाइन ।

पहिलो महिला पुगेको भन्दा पनि एउटा नेपाली युवा चुचुरोमा पुगेकाले आफूलाई खुशी लागेको उनले प्रतिक्रिया दिइन । यो सफल यात्रामा सहयोग गर्ने गण्डकी प्रदेश, अन्नपूर्ण गाउँपालिकालगायत सहयोगी सबैलाई उनले धन्यवाद दिइन ।

अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको चुचुरोमा पुगेका थिए । यस वर्ष छ नेपाली महिलासहित सबैभन्दा धेरैले चुचुरोमा पाइला पुगेको वर्षका रूपमा लिनुपर्ने आरोहणका मुख्य गाइडर पेम्वा शेर्पाले बताए । पेम्बा पनि पहिलोपटक अन्नपूर्ण हिमाल चढेका हुन । रासस

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ४३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको