१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

जबर्जस्ती करणीको अभियोगमा रुपन्देहीका पत्रकार बेलवासे पक्राउ



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका नव निर्वाचित कार्यसमिति सदस्य पुनहरि बेलबासेलाई प्रहरीले जवर्जस्ती करणी अभियोगमा पक्राउ गरेको छ । भैरहवाको रविपथमा नेपाल एजुकेशनल ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेका बेलबासेले आफ्नै इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई कोठामा बोलाएर जवर्जस्ती करणी गरेको अभियोगमा बेलवासेलाई प्रहरीले पक्राउ गरेको हो ।

इन्टिच्युतमा अध्ययन गर्ने ती युवतीले प्रहरीलाई दिएको जवर्जस्ती करणीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । बेलवासेलाई जवर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले खबरकुरालाई बताए बताए । अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शुल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शुल्क नछाडेपछि जवर्जस्ती करणीको आरोप लगाएको प्रहरीलाई बयान दिएका छन् ।

अध्ययन सकेर शुल्क बुझाउने बेला राम्रो पढाई नभएकोले शुल्क तिर्न नसक्ने बताए पछि बेलवासेले प्रहरीलगाएर असुल्ने चेतावनी दिएकोमा युवतीले उल्टो प्रहरीमा करणी गरेको आरोपमा उजुरी गरेको बेलवासेले बयान दिएको उल्लेख छ ।

अभियुक्त बेलबासे आर्थिक बुलेटिन अनलाईन पत्रिकाका सम्पादक हुन् । उनी गत चैत २५ गते भएको नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : ३९ बजे

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको