१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

ओली कदम विरुद्ध नेपाल पक्ष अदालत जाँदै, सर्वोच्चको फैसला कार्यान्वयन नगरेको आरोप



काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा संचालन नगरेको भन्दै नेकपा एमालेको नेपाल पक्ष अदालत जाने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सवोच्चको आदेश बिपरित ओली पक्षको निर्णय भन्दै नेपाल पक्षीय नेता तथा सांसदहरुलाई चलाएको कारबाहीको विरुद्ध समेत नेपाल पक्षले अदालतमा मुद्धा दायर गर्ने भएको हो ।

अदालतमा दायर गरिने मुद्धाका बिषयमा छलफल गर्न नेपाल पक्षको स्थायी समितिको बैठक जारी रहेको बैठकमा सहभागी एक नेताले बताएका छन् । सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको अध्यक्ष ओलीले पालना नगरेको र उल्टो नेपाल पक्षका नेता तथा सांसदहरुलाई धमाधम कारवाही चलाएको भन्दै त्यसका बिरुद्ध मुद्दा दायर गर्न लागिएको ती नेताले बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका थिए । ओलीले नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भिम रावललाई यस अघि नै ६ महिनाका लागि सदस्यबाट निलम्बन गरिसकेका छन् ।

ओलीले नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा एमालेको चुनाव चिन्ह र झण्डा दुरुपयोग गरेको आरोप लगाउँदै नेपाल सहित संघीय संसदका २७ सांसदहरुलाई किन कारवाही नगर्ने ? भनेर स्पष्टीकरण सोधेका छन् । ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : ४६ बजे

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका