१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

भैरहवामा टी-१० क्रिकेट सुरु, होराइजन र तिलोत्तमाको विजयी सुरु



भैरहवा । मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी) को आयोजनामा रुपन्देहीको भैरहवामा स्टडील्याण्ड टी-१० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

बुधबार भएका दुई खेलमा न्यू होराइजन क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबले विजयी सुरुवात् गरेका छन् । होराइजनले युसिएमएस मेडिकल कलेजलाई ५३ रन र तिलोत्तमाले निचलल क्रिकेट क्लब, महाराजगंलाई ३९ रनले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले २ विकेटको क्षतिमा ११५ रनको योगफल बनायो । उसका लागि मनिष थापाले नटआउट ३८, विपिन खत्रीले नटआउट २७, प्रकाश गिरीले १८ र विशाल खत्रीले १७ रन बनाए । बलिङमा युसिएमएसका सानु यादवले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको युसिएमएस ७ विकेटको क्षतिमा ६२ रनमै समेटियो । उसका लागि नवीन पातिलले २० र कमलेश यादवले १८ रन जोडे । बलिङमा उसलाई सस्तैमा रोक्न होराइजनका गोविन्द केसीले ३ तथा महेश पट्टेल र तुलबहादुर थापाले समान १/१ विकेट लिए । गोविन्द केसी म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस तिजेर ब्याटिङ गरेको तिलोत्तमाले ६ विकेटको क्षतिमा ९७ रन बनायो । उसका लागि संदीप क्षेत्रीले ३३, यम क्षेत्रीले २५ र मनोज सुनारले १४ रन बनाए । बलिङमा निचललका शक्ति कुमारले २, अभिषेक यादव र अमित जैवसालले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको निचललले ८ विकेटको क्षतिमा जम्मा ५८ रन मात्रै बनाउन सक्यो । उसका लागि अभिषेक कुमारले नटआउट १८ र अनमोल शाहले १२ रन बनाए । बलिङमा तिलोत्तमाका विष्णु कटरिया र कृष्ण पराजुलीले २/२ तथा मौसम ढकाल, उत्सव घिमिरे र यम क्षेत्रीले १÷१ विकेट लिए । यम क्षेत्री म्यान अफ द म्याच भए । बिहीबार बुद्ध क्रिकेट क्लब र गोर्खा वारियर तथा गोरखपुर क्रिकेट क्लब र मास्टर्स-११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा भारतको गोरखपुर र महाराजगंजका दुई टिमसहित १६ टिम सहभागी छन् । टी-१० फर्मेटमा नेपालमै पहिलोपल्ट आयोजना गरिएको प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ ।

यसअघि खेलको उद्घाटन गर्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले सिद्धार्थ रंगशालालाई छिटो पूर्णता दिनुपर्ने बताए । उनले जिल्लाकै पूरानो र अन्तर्राष्ट्रियस्तरको बनिरहेको रंगशाला निर्माणमा ढिलाई भएको भन्दै तीनै तहका सरकारले विशेष चासो दिएर काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : ०० बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका