८ चैत्र २०८२, आइतबार | March 22, 2026

आइपिएल २०२१ : चेन्नइ शीर्ष स्थानमा, कोलकाता १८ रनले पराजित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगिता अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ ।

बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हाे ।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९.१ अ‍ोभमा २ सय २ रनमा समेटियो । ५ विकेट ३१ रनको स्थितिमा गुमाएको कोलकाताको पारीलाई दिनेश कार्तिक र आन्द्रे रसेलले ८१ रनको साझेदारी गर्दै १ सय १२ रनसम्म पुर्याए ।

रसेल ५४ तथा कार्तिक ४० रनमा आउट भए । यस्तै, प्याट कमिन्स ६६ रनमा अविजित रहे । कोलकाताका ४ जना खेलाडी शून्य रनमा आउट भए । कोलकातालाई कम स्कोरमा समेट्ने क्रममा चेन्नइका दीपक चाहरले ४, लुङ्गी एनगिडीले ३ तथा साम करनले १ विकेट लिए ।

यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो ।

चेन्नइका फाफ डु प्लेसिस र रितुराज गयकवार्डले पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरे । प्लेसिस ६० बलमा ४ छक्का र ९ चौकासहित ९५ रनका नटआउट रहे । उनी शतक बनाउनबाट ५ रनले पछि रहे ।

यस्तै रितुराजले ६४, मोइन अलीले २५ तथा महेन्द्र सिंह धोनीले १७ रनको योगदान दिए । जितसँगै, चेन्नइ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नइको ६ अंक छ ।

एक खेल कम खेलेको बैंगलोर समान ६ अंक रहेपनि रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ भने दिल्ली तेस्रो स्थानमा छ । यसैगरी मुम्बइ चौथो, हैदरावाद पाँचौँ, कोलकाता छैटौँ, राजस्थान सातौँ र पञ्जाब आठौँ स्थानका रहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : २६ बजे

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा

आजको मौसम : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा