११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो



वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) नखोले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् ।

विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने उक्त जलमार्ग इरानले अवरुद्ध गरेपछि ट्रम्पले इरानका विद्युत् गृहहरू लक्षित गर्दै प्रहार गर्ने चेतावनी दिएका हुन् । उनले जलमार्ग तुरुन्तै र बिना अवरोध खुला नगरे गम्भीर परिणाम भोग्नुपर्ने उल्लेख गरेका छन् ।

यसैबीच, इरानले डिमोना क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । आक्रमणमा कम्तीमा ४७ जना घाइते भएका छन् भने नजिकैको अराद सहरमा ८८ जनालाई अस्पताल भर्ना गरिएको जनाइएको छ । आक्रमणको लक्ष्य डिमोनास्थित आणविक केन्द्र रहेको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले घटनालाई ‘अत्यन्तै कठिन साँझ’ को संज्ञा दिएका छन् । उता, इरानले भने यो आक्रमण आफ्नो नातान्ज आणविक केन्द्र माथि भएको हमलाको प्रतिकार भएको दाबी गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड का अनुसार हालै इरानको भूमिगत सैन्य संरचनामाथि गरिएको आक्रमणपछि होर्मुज क्षेत्रमा जहाजलाई धम्की दिने इरानी क्षमतामा केही कमी आएको छ । तर पनि खाडी क्षेत्रमा तनाव कायमै रहेको छ ।

यसै क्रममा जी-७ राष्ट्रका विदेश मन्त्रीहरूले तत्काल आक्रमण रोक्न र क्षेत्रीय स्थिरता कायम गर्न आह्वान गरेका छन् । उनीहरूले विश्वव्यापी ऊर्जा आपूर्ति सुरक्षित राख्न आवश्यक कदम चाल्न तयार रहेको पनि बताएका छन् ।

इरानमा नयाँ वर्षको उत्सव चलिरहेकै बेला इजरायल र अमेरिकाको आक्रमण जारी रहँदा स्थानीय नागरिकमा त्रास बढेको छ । बीबीसीसँग कुरा गर्दै एक इरानी महिलाले यस वर्ष नयाँ वर्षको माहोल नभई निराशा र सन्नाटा छाएको बताएकी छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ४७ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि