१ पुस २०८२, मंगलबार | December 16, 2025

वैशाखमा हुम्लामा हिमपात हुँदा स्थानीय अचम्मित



हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा स्थानीय सर्वसाधारण अचम्मित भएका छन् ।

पुस, माघ र फागुन ३ महिना मात्रै हिमपात देखेका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ ।

आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट-२ का गोकुल बोहराले बताए । बुधवार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ ।

विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ ।

सिमकोटको अहिले बिहानको तापक्रम माइनस चारमा झरेको छ भने यहाँका नागरिकले फेरि बाक्लो कपडा प्रयोग गर्न थालेका छन् ।

उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा २ फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधवार दिउँसो १ बजेदेखि शुरू भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन् ।

नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा २ फिटभन्दा बढी हिमपात भएको स्थानीय सोनाम लामाले बताए ।

विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताए । मंगलवार ४ हजार ६०० मिटर अग्लो रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधवारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ । रासस

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १० : ४५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज