१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमाले मुख्यालय आजबाट थापाथलीमा, मुख्यालयबाटै बालिका खड्का पक्राउ



काठमाडौं । कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । आजबाट एमाले मुख्यालयका सबै प्रशासनिक तथा सांगठानिक काम थापाथलीबाट हुने एमालेले जनाएको छ ।

औपचारिकरुपमा कार्यसंचालन आउनु अगाडि बिहीबार बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यालयको निरीक्षण गरेका थिए ।

चक्रपथ विस्तार हुने भएपछि धुम्बाराहीमा रहेको कार्यालयमा असहज हुने भन्दै केन्द्रीय कार्यालय थापाथलीमा सारिएको एमालेले जनाएको छ ।

थापाथली हाइटस्थित उमङ्ग मार्गमा १३ कोठे भवनमा एमालेले के कति भाडामा लिएको हो भन्ने सार्वजानिक गरिएको छैन । पार्टी कार्यालय सरको घर प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्तको भएको बुझिएको छ ।

मुख्यालयबाटै बालिका खड्का पक्राउ :

कार्यालय सरैकै दिन पार्टी केन्द्रीय कार्यालयबाट एमालेकी युवा नेतृ बालिका खड्का पक्राउ परेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला पार्टी नेताहरुका विरुद्ध गालीगलौज गरेका कारण उनलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

बालिका तिनै युवती हुन् जस्ले बिगत केहि वर्ष देखि आफुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । खड्काले केही समय पहिले आफू प्रदेश(१ का मुख्यमन्त्री राईकी श्रीमती भएको दाबी गर्दै अंश मुद्दा दायर गरेर चर्चामा आएकी थिइन्।

तर, मुद्दा दर्ता गरेको केहि दिनमा नै खड्काले अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै मुद्दा फिर्ता लिएकी थिइन्।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ०४ बजे

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका