२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

भाटभटेनीका मालिक मीनबहादुरले दिए एमालेलाई करोडौंको जग्गा उपहार

मीनबहादुर दम्पत्तिकै हातबाट एमाले मुख्यालयको शिलान्यास



काठमाडौं । सत्तारुढ नेकपा एमालेलाई भाटभटेनीका संचालक मीनबहादुर गुरुङले जग्गा उपमहार दिएका छन् । कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा गुरुङले १० रोपनी १४ आना जग्गा उपहार दिएका हुन् ।

गुरुङले प्रदान गरेकै जग्गामा एमालेको केन्दीय कार्यालय बन्ने भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा आज कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा केन्द्रीय कार्यालयको शिलान्यास भएको छ । उद्यमी गुरुङ दम्पत्तिले विशेष पूजाअर्चना गरेर एमाले केन्द्रीय कार्यालयको शिलान्याश गरिएको छ ।

उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले जानकारी दिए । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।

यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए । एक वर्षभित्र भवन निर्माण गर्ने उनले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  २ : ३७ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा