२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई हक हस्तान्तरणलगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज एमाले पार्टी कार्यालय निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा लिएर काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिले अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागुन्जेलसम्म निवेदन दाबी बमोजिम विपक्षीहरूबीच निवेदनमा उल्लेखित मिति २०८१ आसोज २५ मा दान लिएको भनिएको १० रोपनी १४ आना जग्गा दान लिइ हक हस्तान्तरणलगायत काम कारबाही नगर्नु नगराउनु ।”

आदेशमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ (३) र ३८ (६) को व्यवस्था अनुकूल नदेखिनुका साथै सोही ऐनको दफा ३८(५) मा भएको आर्थिक सहयोग प्रदान गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने सर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा दिने गरी दलले सहयोग प्राप्त गर्न हुँदैन भन्ने कानुनी व्यवस्था तथा सत्तामा रहेको दललाई फाइदा हुने, पारदर्शिता नहुने, निर्वाचन लगायत प्रक्रियाहरू प्रभावित हुने उल्लेख छ ।

व्यवसायी गुरुङले एमालेलाई जग्गा दान दिने निर्णय बदर गर्न माग गर्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो । अदालतले यही कात्तिक २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको दम्पत्ति र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास समेत गरिसकेका छन् । अदालतको आदेशसँगै एमालेको पार्टी कार्यालय निर्माणको काम तत्कालका लागि रोकिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : ०६ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा